डन्डीफोर हटाउन आलुको प्रयोग

नेपालभ्युज

डन्डीफोर हटाउन आलुको प्रयोग

एजेन्सी। आलु छालाका लागि एकदमै फाइदाजनक हुन्छ । डन्डीफोर आएको खण्डमा तपाईं आलुको प्रयोग गर्न सक्नुहुन्छ । यसले छालामा चमक पनि ल्याउने काम गर्छ । आउनुहोस् जानौं डन्डीफोरबाट राहत पाउनका लागि आलुलाई कसरी प्रयोग गर्ने भनेर–

– डन्डीफोरको समस्या भएमा आलुलाई साना टुक्रा काटेर अनुहारमा मसाज गर्दै लगाउँदा फाइदा हुन्छ । यसलाई अनुहारमा लगाउँदा अनुहार चम्किलो हुन्छ साथै डन्डीफोर पनि कम हुन्छ ।

– आलुलाई महमा मिसाएर लगाउनु पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । यसले चाउरीपनासमेत कम गर्दछ ।

– त्यस्तै आलु र मुल्तानी मिट्टी मिसाएर लगाउँदा डन्डीफोरबाट छुट्कारा पाउन सकिन्छ । यसका लागि आलुको रसलाई मुल्तानी मिट्टीसँग मिसाएर लगाउनाले छालामा चमक आउँछ र डन्डीफोर कम हुन्छ ।

– आलु र बेसार पनि लगाउन सकिन्छ । यसका लागि आलुको रसमा थोरै बेसार मिसाएर अनुहारमा मसाज गर्दै लगाउन सकिन्छ ।

– आलुमा मेवा मिसाएर लगाउँदा अनुहार चम्किलो हुनुका साथै गोरो पनि बनाउँछ । यसले प्राकृतिक निखार ल्याउने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved