प्रचण्ड–देउवा–ओली भेटको असर नक्कली शरणार्थी छानबिनमा पर्छ कि पर्दैन ?

घटनाक्रम नियालिरहेकाहरू भन्छन्, ‘‘प्रधानमन्त्रीले पछिल्ला अभिव्यक्तिमा भुटानी शरणार्थी प्रकरणमा राजनीति नेतृत्वले चलखेल गरिरहेको प्रस्ट संकेत छ। एक अर्काको पोल खुल्ने भएकाले सबै दलले आफ्ना नेता बचाउको लागि नजिकिएका हुन सक्छन्।’’

नेपालभ्युज

प्रचण्ड–देउवा–ओली भेटको असर नक्कली शरणार्थी छानबिनमा पर्छ कि पर्दैन ?

काठमाडौं। ‘पार्टी निकट व्यक्तिमाथि गम्भीर छानबिन गर्छन् वा आरोप–प्रत्यारोप हुँदै यसमा जोडिएको राजनीति नेताहरूलाई बचाउने प्रयास गर्छन्’ भन्ने आमचासो रहँदै गर्दा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ। शीर्ष नेताको नामसमेत जोडिँदै आएको र केहीलाई पक्राउ पुर्जी जारी हुँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ नेताहरू मुछिएका बेला मंगलबार शीर्ष नेताहरूबीच भएको भएको बैठक अर्थपूर्ण मानिएको छ। सार्वजनिक रूपमा शीर्ष नेताले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्किन नहुने र निर्दोष फस्न नहुने अभिव्यक्ति दिए पनि प्रकरणको छानबिनकै क्रममा देखिएका घटनाक्रमले शीर्ष नेतृत्वको नियतमाथि प्रश्न उठाउने ठाउँ दिएको छ । प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीको भेटपछि सामाजिक सञ्जालमा पनि अनुसन्धान अगाडि बढ्नमा आशंका व्यक्त भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा यही विषयमा कुरा भएको आशंका छ। बैठकमा भएको छलफलको विषय सार्वजनिक भइसकेको छैन। तर, प्रधानमन्त्रीको सचिवालयले भने समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ।

प्रचण्ड भर्सेस ओली दोहोरी ब्याटल- शरणार्थी प्रकरणको विषयान्तर प्रयास (भिडिओ)

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डका पछिल्ला अभिव्यक्तिमा भुटानी शरणार्थी प्रकरणमा राजनीति नेतृत्वले चलखेल गरिरहेको प्रस्ट संकेत छ । ‘सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गर्ने’ आइतबार नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले बताएका थिए। त्यसको मतलब पर्दा पछाडिका चलखेल भइरहेको छ।

आरोपी पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्। पक्राउ परेकाहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि कांग्रेस सांसद आरजु राणा देउवा र मन्जु खाँडको नामसमेत जोडेपछि शीर्ष नेतृत्व दबाबमा छ । अख्तियार प्रमुख प्रेम राईदेखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासम्मको नाम आएको छ। यो सन्दर्भमा शीर्ष नेताहरूको भेट उनीहरूकै बचाउमा रहेको हुनसक्ने विश्लेषकहरू बताउँछन्।

आरजुदेखि बालकृष्ण खाणसम्म तानिएपछि टोपबहादुरलाई तत्काल पक्राउ नगर्न प्रहरीलाई दबाब

घटनाक्रम नियालिरहेकाहरू भन्छन्, ‘‘प्रधानमन्त्रीले पछिल्ला अभिव्यक्तिमा भुटानी शरणार्थी प्रकरणमा राजनीति नेतृत्वले चलखेल गरिरहेको प्रस्ट संकेत छ। एक-अर्काको पोल खुल्ने भएकाले सबै दलले आफ्ना नेता बचाउको लागि नजिकिएका हुन सक्छन्।’’

यो समयमा नेताहरूको गतिविधिले नेपालमा हुने ठूला भ्रष्टाचार नेता र कर्मचारीको संलग्नता बिना सम्भव नै छैन भन्ने पुनर्पुष्टि गरेको वरिष्ठ अधिवक्ता विपिन अधिकारीको तर्क छ।‘‘यी गतिविधिबाट भ्रष्टाचार भनेको सम्भ्रान्त वर्गबाट हुने कुरा हो भन्ने स्थापित भएको छ। त्यस्तै, यसरी हुने भ्रष्टाचारमा सेटिङ हुन्छ अनि कारबाही हुँदैन। बरु बचाउने अभ्यास हुन्छ। यसअघि विभिन्न प्रकरणमा टाढिएका शीर्ष नेताहरूबीच अहिले बाक्लो हिमचिमले यही देखिन्छ।’’

यसअघि, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पटकपटक भेट भएको थियो। केही समयअघि सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिमा कुरा नमिलेर सत्ता गठबन्धनसँग टाढिएका थिए ओली। तर, शरणार्थी प्रकरणमा उनीहरू नजिक भएका छन्।

शरणार्थी प्रकरण : देउवा र खाँणका पत्नीले ८ करोड लिएको दाबी गरिएको अडिओ भाइरल

नक्कली शरणार्थी प्रकरणस् ओलीले प्रचण्डलाई दिए चार जनाको नाम, को-को छन् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved