एजेन्सी । जब हामी तौल कम गर्ने बारे सोंच्छौं, हामीले कैयौं घरेलु टिप्स तथा तरिकाहरु अपनाइरहेका हुन्छौं । इन्टरनेटमा पनि यस बारेमा कैयौं प्रकारका जानकारीहरु प्राप्त गर्न सकिन्छ ।
तौल कम गर्नु भनेको एउटा लामो प्रक्रिया हो जसमा समय लाग्दछ । यदी तपाईंले एक दिन कुनै व्यायाम गरेर वा खानपानमा परिवर्तन गरेर तौलमा असर पर्छ भन्ने सोंच्नुहुन्छ भने त्यो गलत हो । तौल कम गर्नका लागि निरन्तर रुपमा खानपानमा परिवर्तन तथा व्यायाम गर्नु अत्यावश्यक हुन्छ । यदी तपाईं कोही विशेषज्ञको सल्लाह लिनुहुन्छ भने पनि राम्रो कुरा हो ।
छिटो तौल कम गर्ने चाहनामा मानिसहरु कैयौं पटक तौल कम गर्ने सप्लीमेन्ट्सको सहारा लिने गर्दछन् । के त्यो सुरक्षित हुन्छ वा त्यस्ता सप्लीमेन्ट्सले तौल कम गर्छ त ? यसबारेमा आहारविज्ञको भनाई के छ भनेर आज जान्ने प्रयास गरौं ।
तौल कम गर्ने सप्लीमेन्ट्समा कैयौं प्रकारका भिटामिन, फाइबर, मिनरल्स, क्याफिन, हब्र्स लगायत अरु पनि कैयौं प्रकारका प्राकृतिक वा अप्राकृतिक कम्पाउन्ड्सहरु रहेका हुन्छन् ।
कैयौं सप्लीमेन्ट्समा यस्ता चीजहरु पनि हुन्छन् जो हाम्रो शरीरका लागि हानिकारक हुन्छ ।
फ्याट बर्नरमा हुने यस्ता तत्वहरुको असर तपाईंको शरीरमा कस्तो हुन्छ यसबारेमा केही पनि भन्न सकिँदैन । यसले अन्य स्वास्थ्य समस्याहरु पनि देखिन सक्छन् ।
कैयौं अध्ययनहरुमा यस कुराको दावी गरिएको छ फ्याट बर्न गर्ने सप्लीमेन्ट्सहरुले त्यसरी काम गर्दैनन् जति सजिलो तपाईंले सोच्नुभएको हुन्छ । यस्ता सप्लीमेन्ट्सले तपाईंको बोसोको सेल्सहरुलाई अचानक गायब गर्ने काम गर्दैन ।
कस्ता छन् यसका साइड इफेक्ट्स ?
तौल कम गर्न लिइने सप्लीमेन्ट्सलाई लिएर यसले मेटाबोलिज्म बढाउने दाबा गरिन्छ, जसले तपाईंको भोक कम गर्दछ र तपाईंको शरीरमा फ्याट अब्जर्बशनलाई कम गर्दछ । तर यस दाबालाई सावित गर्नका लागि अझै धेरै अध्ययनहरु गर्नुपर्ने आवश्यकता छ ।
तुरुन्तै यसले फाइदा गरे पनि भविश्यमा दिर्घकालिन खालको समस्याहरु उत्पन्न गराउन सक्छ । यस्ता सप्लीमेन्ट्सका केही दुष्प्रभावहरु पनि अगाडि आइसकेका छन् । जो यसप्रकारका हुन सक्छन्–
– एन्जाइटी
– टाउको दुख्ने
– डर लागे जस्तो हुने
– रक्तचाप बढ्नु
– मुटु सम्बन्धी विमारी
– कलेजो ड्यामेज पनि हुन सक्छ
– हार्ट स्ट्रोक
– मृगौला फेल हुनु
ध्यान दिनुपर्ने कुरा
यस्ता तौल कम गर्न वा अन्य हिसाबले लिइने सप्लीमेन्ट्सको फाइदा तथा असरका बारेमा अझै पनि बहसहरु भइरहेका छन् । त्यसैले यदी तपाईं यस्तो कुनै पनि प्रकारको सप्लीमेन्ट्स लिन चाहनुहुन्छ भने डाक्टर वा यसको विशेषज्ञहरुको सल्लाह अवश्य लिनुहोस् ।
यदी तपाईंले पहिले नै कुनै औषधीहरुको सेवन गरिरहनु भएको छ भने डाक्टरको सल्लाह बिना यस्तो सप्लीमेन्ट्स लिने गल्ती नगर्नुहोला । गलत औषधीसँग मिक्स हुँदा यस्ता सप्लीमेन्ट्स खतरनाक पनि हुन सक्छन् ।
Facebook Comment
Comment