प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले सुनको मूल्य बढेको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ ।  तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख १० हजार ३५० रुपैयाँ कायम छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved