गगन थापाले आखिर के गर्न लागेका हुन् ?

गगन थापाले पार्टीभित्र असन्तुष्ट बनेका अरु खेमाका नेताहरुलाई पनि आफैतिर तान्ने र देउवाविरुद्ध पार्टीभित्र बलियो धार निर्माण गर्ने योजना बनाएका छन् ।

नेपालभ्युज

गगन थापाले आखिर के गर्न लागेका हुन् ?

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार लेखेको एक स्टाटसले धेरैजना अचम्ममा परेका छन् ।

पार्टीभित्र जे जति विवाद भएपनि सार्वजनिक तहमा निकै अड्कलेर बोल्ने थापाले आइतबार निकै दिक्दारीपूर्ण स्टाटस लेखेपछि अब उनले के गर्ने हुन् भन्ने चासो बढेको छ । कतिले त गगनले अब नयाँ पार्टी खोल्छन भन्न समेत भ्याइसके ।

गगन थापाले लेखेका थिए, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

गगन थापाको निकट स्रोतका अनुसार उनले पछिल्लो समय पार्टीका हरेक बैठकमा पार्टीभित्रको अवस्था सुधारको लागि कुरा उठाउने गरेका छन् । तर सभापति शेरबहादुर देउवाले थापाकै कुरा सुन्नै मान्दैनन् । बरु ‘के के गर्ने हो आफै गरे भैहाल्यो नी’ भनेर जवाफ दिने गरेका छन् ।

पार्टीले गर्ने हरेक निर्णयदेखि सरकारमा मन्त्री पठाउँदा समेत  देउवाले आफ्ना मान्छेमात्रै च्याप्ने र पार्टीको हीत तथा भविष्य ख्याल नगरेको गगन थापाको आरोप छ ।

निकटस्थका अनुसार गगन थापाले पार्टी छाड्ने नभई पार्टीभित्र नयाँ ध्रुविकरण गर्ने र केन्द्रदेखि गाउँसम्म सभापतिको एकलौटीविरुद्ध अभियान चलाउने योजना बनाएका छन् ।

गगन थापाले पार्टीभित्र असन्तुष्ट बनेका अरु खेमाका नेताहरुलाई पनि आफैतिर तान्ने र देउवाविरुद्ध पार्टीभित्र बलियो धार निर्माण गर्ने योजना बनाएका छन् । यसको लागि उनी आन्तरिक छलफलमा समेत जुटिसकेको नजिकका नेताहरुले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved