एमाले संसदीय दलको निर्देशन- बजेट अधिवेशनमा प्रभावकारी रुपमा प्रस्तुत हुनु

नेपालभ्युज

एमाले संसदीय दलको निर्देशन- बजेट अधिवेशनमा प्रभावकारी रुपमा प्रस्तुत हुनु

काठमाडौं ।  नेकपा एमालेको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीका सांसदहरुलाई प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ । आईतवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा प्रभावकारी रुपमा प्रश्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिव योगेशकुमार भट्टराईले विषयवस्तु अध्ययन गरी तथ्य र प्रमाणका आधारमा बोल्न पनि सांसदहरुलाई आग्रह गरिएको बताए । उनले नेपाली जनताले भोगिरहेको समस्याहरु, बेरोजगारी, महंगीको समस्यामा प्रभावकारी रुपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रुपमा संसदमा प्रस्तुत हुने निर्णय बैठकमा भएको बताए ।

‘संसदीय दलले  आजबाट जुन शुरु भएको  अधिवेशनमा हाम्रा दलका सम्पूर्ण साथीहरुलाई प्रभावकारी रुपमा प्रस्तुत हुने, विषयवस्तु अध्ययन गर्ने, तथ्य र प्रमाणका आधारमा बोल्ने र सरकारबाट आउने प्रस्तावहरु ठिक छन् छैनन् भन्ने कुराको अध्ययन गरी आवश्यक्ता अनुसार प्रतिवाद गर्ने’ उनले भने, ‘नेपाली जनताले भोगिरहेको समस्याहरु, बेरोजगारी, महंगीको समस्यामा प्रभावकारी रुपमा काम गर्ने र सशक्त प्रतिपक्षीको रुपमा संसदमा प्रश्तुत हुने निर्णय भएको छ ।’

सचिव भट्टराईले सरकारबाट आउने प्रस्तावका बारेमा अध्ययन गरी संसदमा प्रस्तुत हुन आग्रह गरिएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved