एजेन्सी । छालामा चमक बाहिर प्रयोग गरिने सामग्रीबाट भन्दा पनि कस्तो खाइन्छ त्योसँग निर्भर हुन्छ । त्यसैले त्यस्ता केही खानेकुराहरु छन् जसलाई नखाँदा तपाईंको छालामा चमक रहिरहनेछ । त्यसैले यस्ता खानेकुरा खानबाट बच्नुपर्छ ।
चिलो खानेकुरा
पकौडा, समोसा, पूरी आदिको धेरै सेवन गर्नु हुँदैन । यस्ता खानेकुरा धेरै खानेगरेमा छालामा धेरै चिल्लो जम्मा हुन्छ । जसले गर्दा डन्डीफोर आदि आउने समस्या हुन सक्छ ।
फास्ट फूड
फास्ट फूडहरुले पनि छालालाई भित्रैदेखि मरेतुल्य बनाउने गर्दछ । किनकी यस्ता खानेकुरामा कुनै पनि पोषक तत्वहरु हुँदैन । यसको धेरै सेवन गरेमा छाला एकदमै डल हुन्छ ।
मसलादार खाना
धेरै मसलादार खाना खानाले पनि छालामा विविरा, डन्डीफोरको समस्या आउन सक्छ । त्यसैले घरमै बनाउने खानेकुरामा पनि धेरै मसलाको प्रयोग गर्नबाट बच्नुपर्दछ ।
चकलेट
त्यसो त चकलेटका धेरै फाइदाहरुका समाचार पनि तपाईंले पढ्नुभएको होला । तर चकलेटमा एकदमै धेरै चिनीको मात्रा हुन्छ जो छालाको लागि एकदमै हानिकारक छ । चकलेटको धेरै सेवन गरेमा छालामा चाउरीपना पनि आउन सक्छ ।
सोडा भएको पेय पदार्थ
सोडा भएको पेय पदार्थ जस्तै कोल्ड ड्रिंक्स, रक्सी आदिको पिउनबाट पनि बच्नुपर्छ । यसले छालालाई छिटो बुढो बनाउने गर्दछ ।
पानी धेरै पिउने
माथि बताइएका सबै खानेकुरा खानबाट बच्नुपर्दछ । साथै दिनमा आवश्यक पानी नबिर्सेर पिउने गर्नु पर्दछ । किनकी हाम्रो शरीरमा ६० प्रतिशत पानी हुन्छ । जसलाई पूर्ति गर्न पनि हामीलाई कम्तीमा २–३ लिटर पानीको दिनहुँ आवश्यकता पर्दछ । पानी धेरै पिउने गरेमा छालामा पनि चमक आउँछ ।
Facebook Comment
Comment