प्रतितोला १ लाख १० हजार नाघ्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला १ लाख १० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं। बुधबार सुनको मूल्य फेरि बढेको छ। मंगलबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १८ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्यसमेत तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved