बढ्दै गरेको उमेरसँगै कपालको स्याहार गर्ने तरिका

नेपालभ्युज

बढ्दै गरेको उमेरसँगै कपालको स्याहार गर्ने तरिका

एजेन्सी । उमेर बढ्दै गर्दा कपालसँग जोडिएको समस्या पनि बढ्न थाल्छन् । त्यसैले बढ्दै गरेको उमेरमा पनि केही घरेलु तरिकाहरु अपनाएर कपालको स्याहार गर्न सकिन्छ । जसले गर्दा बुढोपनले हुने कपालमा आउने समस्याहरुलाई कम गर्न सकिन्छ ।

पोषक तत्वहरुको कमीले पनि उमेरसँगै कपालमा समस्या देखिन थाल्छ । त्यसैले खानामा बदाम, राजमा, काजु, दही, सोयाबीन, मटर, गेडागुडी, अन्डा आदिलाई समावेश गर्नुपर्दछ । त्यस्तै कपाललाई सधैं स्वस्थ राख्नका लागि बीच बीचमा कपालको ट्रिमिंग पनि एकदमै आवश्यक हुन्छ । यसले टुक्रिएको तथा दुईमुख भएको कपालको समस्या कम हुन्छ र कपाल स्वस्थ र राम्रो देखिन्छ ।

बढ्दो उमेरसँगै कपालमा सुख्खापनको समस्या पनि एकदमै देखिन्छ । त्यसैले हप्तामा एकपटक अनिवार्य कपालमा तेलले मालिस गर्नुपर्दछ । यसरी कपाललाई पोषण मिल्नुका साथै टाउकोमा गरिएको मसाजले टाउको दुखेको पनि निको हुन्छ ।

त्यस्तै उमेर बढेसँगै कपालमा धेरै स्टाइलिंग टुल्सहरुको प्रयोग पनि गर्नु हुँदैन । यसो गरेमा कपाल झर्ने, टुक्रिने तथा चाँडै सेतो हुने जस्ता समस्याहरु देखिन थाल्छन् । त्यसैले एकदमै आवश्यक परेको खण्डमा बाहेक कुनै पनि तातो उपकरणहरु कपालमा प्रयोग नगरेको राम्रो हुन्छ ।

बढ्दै गरेको उमेरसँगै शरीरमा हर्मोनहरु पनि फेरबदल भइरहेका हुन्छन् । त्यसैले विभिन्न योगासनहरु गरेर पनि यस्तो फेरबदललाई नियन्त्रण गर्न सकिन्छ । साथै योग गरेर अन्य स्वास्थ्य समस्याहरुबाट पनि छुट्कारा पाउन सकिन्छ । जो कपालसँग पनि जोडिएका हुन्छन् । यस्तै अर्को विषय उमेर बढ्दैमा कपालको स्याहार गर्न नछोडौं । समय निकालेर कपालमा हेयर मास्क तथा घरमै दही, अमला, आदी फलहरुको प्रयोग गरिएको मास्कको प्रयोग पनि गर्न सकिन्छ । जसले कपाललाई टुक्रिन, झर्न आदिबाट रोक्ने काम गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved