तौल बढाउने फलफूल

नेपालभ्युज

तौल बढाउने फलफूल

एजेन्सीकेरा– केरामा क्यालोरी र काब्र्स भरपूर मात्रामा हुन्छ। त्यसैले शरीरको तौल बढाउनका लागि खानपानमा केरालाई समावेश गर्नुहोस्। दुधसँग केराको सेवन गर्ने वा बनाना मिल्क शेक पिउँदा पनि शरीरको तौल बढ्न सक्छ।

एवोकाडो– प्रोटिन, क्यालोरी, स्वस्थ फ्याट तथा काब्र्स भरपूर मात्रामा पाइन्छ। एवोकाडोको सेवन गर्नाले शरीरलाई एकदमै फाइदा हुन्छ। यसको जुस वा सलाद नियमित सेवन गरेमा तौल बढ्न सक्छ।

आँप– गर्मी मौसम शुरु भएसँगै आँपको मौसम पनि शुरु भइसकेको छ। यसले पनि तौल बढाउन मद्दत गर्दछ। यसमा भिटामिन तथा क्यालोरी प्रसस्त पाइन्छ। यसलाई आधा घण्टा पानीमा भिजाएर खाने गरेमा धेरै गर्मी हुँदैन।

नरिवल– नवरिवलको सेवनले पनि शरीरको तौल बढाउन सकिन्छ। काब्र्स, स्वस्थ फ्याट तथा क्यालोरीले भरिपूर्ण नरिवललाई नियमित खानपानमा समावेश गरेमा तौल बढ्दै जान्छ।

आरु– शरीरको तौल सजिलै बढाउनका लागि आरुको सेवन गर्नुपर्दछ। यसले शरीरमा पोषण प्रदान गर्नुका साथै तौल बढाउने गर्दछ।
अंगुर– के तपाईंलाई थाहा छ अंगुरको नियमित सेवन गरेमा तौल बढ्न सक्छ। अंगुरमा चिनी तथा क्यालोरी धेरै हुन्छ। त्यसैले अंगुरको सेवन दिनहुँ गरेर तौल बढाउन सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved