लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन

नेपालभ्युज

लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन

काठमाडौं ।  नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बनमा परेको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ (३) बमोजिम कोइरीको सांसद पद निलम्बन गरेका हुन्।

हत्या आरोप लागेका उनलाई मंगलबार निलम्बन गरेको संसद सचिवालयले सूचना टाँस गरी जानकारी दिइएको हो ।

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित उनलाई सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेको छ ।

उनलाई २०७२ भदौ २५ गते उच्च अदालत जनकपुरले  हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो ।

कोइरीविरुद्ध फौजदारी अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ र प्रहरीको फरार सूचीमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved