पृथ्वी राजमार्ग अझै मर्मत भएन,  १५ घन्टादेखि हजारौँ यात्रु अलपत्र

नेपालभ्युज

पृथ्वी राजमार्ग अझै मर्मत भएन,  १५ घन्टादेखि हजारौँ यात्रु अलपत्र

धादिङ । सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तरगत धादिङ खण्डको सडक अझै खुलेको छैन। धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प छ ।

सोमबार दिउँसो १२ बजेदेखि सडक एकतर्फी खुलेको सडक दिउँसो ४ बजेदेखि ठप्प छ । सोमबार बेलुकादेखि नै सडक खुलाउने प्रयास भइरहे पनि साँघुरो ठाउँ भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सयौँ गाडी र हजारौँ यात्रु अलपत्र परेका छन् । अत्यावश्यक कामले आउजाउ गर्ने झन ठूलो मारमा परेका छन् ।  कोही नजिकै रहेका आफन्तकोमा गए पनि धेरैजसोले गाडी भित्रै बसेर रात कटाएका प्रहरीले जनाएको छ ।

रातभर काम गरे पनि साँघुरो सडक भएका कारण समस्या भएको सडक प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । उनका अनुसार सेना, प्रहरी, सडक विभाग लगायतको प्रयासमा सडक खुलाउने प्रयास भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved