विमानस्थलमा महिलाको झोला जाँच गर्दा २२ वटा सर्प भेटिएपछि …

नेपालभ्युज

विमानस्थलमा महिलाको झोला जाँच गर्दा २२ वटा सर्प भेटिएपछि …

एजेन्सी । हालै सामाजिक सञ्जालमा भारत चेन्नई एयरपोर्टको एउटा चकित पार्ने भिडियो भाइरल भइरहेको छ ।

जसलाई देखेर प्रयोगकर्ताहरू पनि छक्क परेका छन् । गत शुक्रबार मलेसियाबाट चेन्नई एयरपोर्ट पुगेकी एक महिला यात्रुको झोला जाँच गर्दा सामानबाट सर्प झरेको देखेर भन्सार विभागका अधिकारीहरू पनि अचम्ममा परेका थिए ।

शुक्रबार चेन्नई एयरपोर्टमा भन्सार विभागका अधिकारीले मलेसियाबाट आएकी महिलाको झोला जाँच गर्दा सर्प सर्वसाधारणको खुट्टा मुनि नै खसेको बताइएको छ । झोला खोल्ने बित्तिकै महिलाको झोलाबाट एकपछि अर्को गरी २२ थरीका सर्प निस्किएर भुइँमा चिप्लन थाले ।

यी सर्पहरू विभिन्न प्लास्टिकका कन्टेनरमा प्याक गरेर ल्याइएको बताइएको छ । यी सबै सर्पहरू विभिन्न प्रजातिका छन्।

भिडियोमा अधिकारीहरूले लामो रडको सहायताले सर्पलाई बाहिर निकालेको देख्न सकिन्छ। भन्सार अधिकारीले महिलालाई पक्राउ गरेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved