एसीसी प्रिमियर कप: उपाधिको लागि नेपालले यूएईसँग खेल्दै

यो खेलको विजेताले आउँदो सेप्टेम्बरमा हुने एसियाकपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।

नेपालभ्युज

एसीसी प्रिमियर कप: उपाधिको लागि नेपालले यूएईसँग खेल्दै

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा आज सोमबार नेपाल र युएई खेल्दै छन् ।

नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । यो खेलको विजेताले आउँदो सेप्टेम्बरमा हुने एसियाकपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।

फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना छ । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार खेल हुनेछ । सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ ।

सुपर ओभरमा पनि खेल हुन नसकेमा वरियताका आधारमा माथि रहेको आधारमा नेपालले नै एसियाकप खेल्न पाउनेछ ।

समूह चरणमा नेपालले ओमान, कतार र मलेसियालाई हराएको थियो । पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो ।

युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपाल र युएईबीच २०१८ पछि भएको १३ खेलमा नेपाल सात तथा छ खेलमा जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved