डबल चिनबाट बच्ने उपाय

नेपालभ्युज

डबल चिनबाट बच्ने उपाय

एजेन्सी । महिलाहरुमा डबल चिनको समस्या अत्यधिक हुने गर्छ । डबल चिनले ‘लुक’लाई प्रभावित गर्नुका साथै उमेर पनि बढी देखिने गर्दछ ।

बढी तौलका साथै वंशाणुगत गुणले पनि डबल चिनको समस्या हुने गर्दछ । त्यस्तै गलत पोस्चर तथा घाँटीको मांसपेशी कमजोर हुनाले पनि डबल चिनको समस्या देखिन्छ । यसका लागि विभिन्न टिप्सहरु छन् जसलाई अपनाएर डबल चिनको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

– दही र सलादहरुमा कहिले पनि नुन छर्किएर नखानुहोला । यसले अनुहार फुल्ने गर्छ जसले गर्दा डबल चिन देखिने समस्या हुन सक्छ ।

– नास्ता, खाना र डिनरपछि कम्तीमा पनि १० मिनेट हिड्ने गर्नुहोस् ताकि खाना राम्रोसँग पाचन होस् । जब शरीरको तौल कम हुन्छ त्यसपछि चिनको बोसो पनि कम हुन्छ ।

– यदी गुलियो मन पर्छ भने पनि खानेकुराहरुमा गुडको प्रयोग गर्नुहोस् । चिनीको प्रयोग गर्नबाट बच्नुहोस् ।

– अनुहार तथा घाँटीका कसरत तथा शुक्ष्म व्यायामहरु गर्ने गर्नुहोस् जसले गर्दा चिनको बोसो कम हुन्छ ।

– त्यस्तै विभिन्न खाले अनुहारका मसाज पनि गर्न सकिन्छ ।

-त्यस्तै ७ देखि ८ घण्टाको निद्रा पनि एकदमै आवश्यक हुन्छ जसले गर्दा छालामा पोषण मिल्छ । साथै सम्पूर्ण शरीर स्वस्छ र सुगठित रहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved