छालामा चमक ल्याउन खानुपर्ने ५ चिज

नेपालभ्युज

छालामा चमक ल्याउन खानुपर्ने ५ चिज

एजेन्सी। सुन्दर तथा जवान देखिन सबैलाई मनपर्छ । त्यसको लागि छालाको राम्रो स्याहार पनि गर्नुपर्ने हुन्छ । महिलाहरु आफ्नो सुन्दरताका लागि कस्मेटिक्स सामग्रीहरूमा धेरै पैसा खर्च गरिराखेका हुन्छन् । तर, छालामा भित्रैदेखि निखार ल्याउनका लागि सबैभन्दा महत्त्वपूर्ण खानपानले नै हो ।

स्वस्थ खाना तथा नियमित व्यायाम तथा कसरत गर्नाले छाला राम्रो रहिरहन्छ । तर, केही खास खाने कुराहरु छन् जसलाई आफ्नो डाइटमा समावेश गर्दा छालामा छुट्टै प्रकारको चमक आउँछ । आउनुहोस् जानौं ती खाने कुराका बारेमा :

हरियो तरकारी

एन्टीअक्सिडेन्ट, भिटामिन तथा पोषक तत्वले भरपूर हरियो तरकारी जस्तै पालक, लौका, ब्रोकाउली, घिरौंला आदिले तपाईंको छालामा प्राकृतिक निखार ल्याउने काम गर्छ ।

पानी

नियमितरूपमा पानी पिउनाले शरीर हाइड्रेट भइरहन्छ । साथै, चाउरीपनाको समस्या हुँदैन । अनुहारको कसावट पनि रहिरहन्छ जसले गर्दा छालाको चमक सधैं एकनासको हुन्छ ।

बेसार

बेसारमा एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिइन्फ्लामेटरी तथा एन्टिफंगल गुण एकदमै धेरै हुन्छ । बेसार राखेको दूधको नियमित सेवनले छालालाई भित्रैदेखि सुन्दर तथा सफा बनाउँछ ।

एभोकाडो

भिटामिन ‘ई’ जस्तो गुण यसमा पाइन्छ । जसले शरीरको फ्री रेडिकल्सहरूलाई सफा गरेर शरीरलाई नै डिटक्स गर्ने काम गर्छ । यसले अनुहार तथा छालामा प्राकृतिक चमक ल्याउने काम गर्छ ।

एलोभेरा

एलोभेरामा अक्सिन तथा जिबरेलिन जस्तो हर्मोन पाइन्छन्, जसमा छालालाई पोषण दिने गुण हुन्छ । यसको जुस पनि छालाको लागि एकदमै फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved