मुख्यमन्त्री भएको एकसय चार दिनमा तेस्रो पटक विश्वासको मत लिए

नेपालभ्युज

मुख्यमन्त्री भएको एकसय चार दिनमा तेस्रो पटक विश्वासको मत लिए

सुर्खेत। कर्णालीमा मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री भएको एकसयचार दिनमा तीन पटक विश्वासको मत लिएका छन्। २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले पहिलो पटक ६ माघ, द्रोश्रो पटक १७ चैत्र र तेस्रो पटक वैशाख १५ विश्वासको मत लिएका हुन्।

पहिलो पटक विश्वासको मत दिँदा ६ माघमा मुख्यमन्त्री हुँदा शर्मालाई एमालेका १० जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रका एक÷एक जना सांसदहरूले विश्वासको मत दिएका थिए।

केन्द्रको गठबन्धन परिवर्तन हुँदा पनि कर्णालीमा एमालेले समर्थन फिर्ता लिएको थिएन। पुनः द्रोश्रो पटक १७ चैत्रमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदा राप्रपाका सांसदबाहेक सबैले विश्वासको मत दिएका थिए।

एमाले विश्वासको मत दिएको नौ दिनमा नै सरकारबाट बाहिरिएर विश्वासको मत फिर्ता गरेको थियो। एमाले विश्वासको मत फिर्ता लिएका कारणले मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिएका हुन्।

शुक्रबार विश्वासको मत लिँदा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी र स्वतन्त्र एक÷एक जना सांसद गरेर २९ जना सांसदले विश्वासको पक्षमा मत दिएका थिए भने, एमालेका नौ जना र राप्रपाका एक जना सांसद १० जना विश्वासको विपक्षमा मत दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved