लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिने

लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिने भएको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेस गरिन लागिएको हो।

नेपालभ्युज

लुम्बिनी सरकारका लागि आज दाबी पेस गरिने

काठमाडौं। लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दाबी पेस गरिने भएको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेस गरिन लागिएको हो।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिए अनुसार आज राजनीतिक दलहरूले दाबी पेस गर्न लागेका हुन्। मुख्यमन्त्री शेरचनले गत मंगलबार सो सूचना जारी गरेर दाबी पेस गर्न भनेका हुन्।

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दाबी गरेका छन्। तर, कसको नेतृत्वमा सरकार गठन हुने हो रु त्यो भने अझै टुङ्गो लागेको छैन।

एक महिना अघि भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका थिए। यद्यपि दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दाबी पेस गर्ने जनाउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved