एजेन्सी । बच्चाहरु आफ्ना आमाबुवाका दोस्रो रुप हुन्छन् । यस्तोमा उनीहरुले आफ्ना आमाबुवाबाट धेरै कुराहरु सिक्छन् । जानीनजानी तपाईं गलत गर्नुस् वा सही, बच्चाले तपाईंबाटै राम्रो नराम्रो सिक्छन् ।
त्यसैले आमाबुवाले बच्चालाई राम्रो बनाउन पहिला आफ्ना गलत बानीहरु सुधार्नुपर्ने हुन्छ । बच्चाले अभिभावकसँग सिक्ने केही नकारात्मक कुराहरु छन् जसलाई हरेक अभिभावकले जान्न जरुरी छ । आउनुहोस् ती गलत कुराका बारेमा जानौं–
अनावश्यक बहस वा झगडा
श्रीमान श्रीमती वा परिवारमा बहस तथा छलफल हुनु स्वभाविक हो । तर तपाईंको बच्चाले दिनहुँ यस्तो खालको वातावरण दिनहुँ घरमा देख्यो भने बच्चा पनि हिंश्रक तथा आक्रमक स्वभावको हुन सक्छ । त्यस्तै आमा बुवाबीच हुने वादविवाद वा झैझगडाको कारणले बच्चाहरुलाई भावनात्मक तथा मानसिक रुपमा नोक्सान पर्याउन सक्छ ।
यस्तो खालको बहसमा बच्चाहरुले आफूलाई त्यसको कारण ठानेर डिप्रेशनमा जाने पनि हुन्छ । त्यसैले घरमा शान्तिपूर्ण वातावरण कायम राख्नुपर्छ । यदी त्यस्तो कुनै विषय छ भने पनि त्यसलाई शान्तिपूर्वक झगडा नगरी हल गर्ने प्रयास गर्नुहोस् । ताकि यसको नकारात्मक असर बच्चामा नपरोस् ।
नकारात्मक क्रियाकलाप
यदी तपाईंको बच्चाले आफ्नो वरिपरि कसैले कसैलाई नकारात्मक व्यवहार गरेको देखिरहेको छ भने त्यसको असर उसमा पनि पर्न सक्छ । यसले मानसिक रुपमा पनि नकारात्मक असर पार्छ । त्यसैले बच्चाको अगाडि एकअर्कासँग नराम्रो व्यवहार गर्नबाट बच्नुपर्छ । यदी तपाईं आफ्नो बच्चालाई राम्रो मानिस बनाउन चाहनुहुन्छ भने पहिला तपाईं आफैमा राम्रो बन्नु आवश्यक हुन्छ ।
अनुशासनको ओभरडोज
सबै अभिभावकले आफ्नो बच्चा अनुशासनमा बसोस् भन्ने चाहन्छन् । यसका लागि उनीहरु साम दाम दण्ड भेद सबै तरिका अपनाउनुछन् । तर यदी तपाईं बच्चामा आफ्नो शक्ति तथा डरको प्रयोग गरेर अनुशासनमा ल्याउन चाहनुहुन्छ भने त्यसले उसलाई अनुशासित त कुनै पनि हालतमा बनाउँदैन बरु तपाईंबाट टाढा बनाउँछ ।
बच्चालाई अत्यधिक अनुशासनमा राख्न खोज्नु, कडा नियम पालन गर्न लगाउँदा उनीहरु झनै खुल्न चाहन्छन् जसले गर्दा उनीहरु बाहिर हेर्दा अनुशासित देखिए पनि भित्रभित्रै बिग्रन पनि सक्छन् । त्यसैले बच्चालाई साथीजस्तो व्यवहार गर्ने र उनीहरुको विचार पनि बुझ्नु पर्दछ । केही कुरामा अलिकति खुकुलो पनि हुन पर्ने हुन्छ ।
असामाजिक हुनु
यदी अभिभावक अन्य व्यक्ति, परिवार तथा समाजसँग घुलमिल हुँदैनन् भने निश्चित रुपमा त्यसको असर बच्चामा सिधै पर्छ । तपाईं यदी कसैसँग घुलमिल हुनुहुन्न भने बच्चालाई पनि बाँधेर राख्न चाहनुहुन्छ जसले उनीहरुलाई असामाजिक बनाउँछ ।
यदी तपाईं असामाजिक हुनुहुन्छ भने बच्चा त्यस्तो गर्छ भने त्यसलाई अनौठो नमान्नुहोस् । यो सबै तपाईंकै असर बच्चामा परेको छ भन्ने बुझ्नुपर्छ । त्यसैले पहिला आफूलाई बदल्नुहोस् र बच्चालाई पनि सामाजिक हुन सिकाउनुहोस् ।
Facebook Comment
Comment