चितवनमा रविलाई साढे ३७ हजार मतको अग्रता

नेपालभ्युज

चितवनमा रविलाई साढे ३७ हजार मतको अग्रता

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ४५ हजार मत कटाएका छन् ।

अहिलेसम्म रविले ४५ हजार ८ सय ४२ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले जम्मा ८ हजार ४ सय २५ मत ल्याएका छन् ।

रवि र जीत नारायणको मतातन्तर ३७ हजार ४ सय १७ रहेको छ । तेस्रोमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ३ सय २९ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved