रविले जित्नसक्ने प्रक्षेपण गरिएको चितवन २ मा अझै किन सुरु भएन मतगणना ?

प्रतिनिधि सभा सदस्य उपचुनाव अन्तर्गत चितवन २ मा दलहरूको विवादको कारण मतगणना अझै सुरु हुन सकेको छैन।

नेपालभ्युज

रविले जित्नसक्ने प्रक्षेपण गरिएको चितवन २ मा अझै किन सुरु भएन मतगणना ?

काठमाडौं। प्रतिनिधि सभा सदस्य उपचुनाव अन्तर्गत चितवन २ मा दलहरूको विवादको कारण मतगणना अझै सुरु हुन सकेको छैन। चितवनमा गए राति सर्वदलीय बैठक बस्न नसकेपछि आज बिहान सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभई मतगणना नगर्ने नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको अडानका कारण मतगणनामा ढिलाइ भएको हो।

यस्तै बारा २ को मतगणना पनि आज बिहानदेखि सुरु गर्ने तयारी भएको छ। गए राति नै मतपेटिका संकलन सकिएको भए पनि आज मात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved