आँखीभौं बाक्लो बनाउने सजिलो तरिका

राम्रो आँखीभौंले आँखाको सुन्दरतालाई बढाउने काम गर्छ। यसले अनुहारको बनावट तथा सुन्दरतामा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कतिपयको आँखीभौं पातलो भएर आइब्रो पेन्सीलले कोरेर पनि कालो र बाक्लो देखाउने गर्छन्।

नेपालभ्युज

आँखीभौं बाक्लो बनाउने सजिलो तरिका

एजेन्सी । राम्रो आँखीभौंले आँखाको सुन्दरतालाई बढाउने काम गर्छ। यसले अनुहारको बनावट तथा सुन्दरतामा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कतिपयको आँखीभौं पातलो भएर आइब्रो पेन्सीलले कोरेर पनि कालो र बाक्लो देखाउने गर्छन्।

तर यदी तपाईंको प्राकृतिक रुपमै बाक्लो आइब्रो भयो भने तपाईंलाई विभिन्न कस्मेटिक्सको प्रयोग गर्नु आवश्यक हुँदैन । त्यसैले आज हामी पातलो आँखीभौं भएकाहरुका लागि केही टिप्स लिएर आएका छौं । जसलाई अपनाउनुभयो भने तपाईंका आँखीभौं केही दिनमै बाक्लो र सुन्दर भएर आउनेछ ।

आँखीभौंलाई बाक्लो तथा सुन्दर बनाउनका लागि बदामको तेलको प्रयोग गर्न सकिन्छ। दिनहुँ रातमा बदामको तेल आँखीभौंमा लगाएर सुत्नुहोस् र बिहान सफासँग मुख धुनुहोस् । त्यस्तै जैतुनको तेल पनि बदामको जसरी प्रयोग गर्न सकिन्छ । यसले पनि आँखीभौं बाक्लो बनाउन सहयोग गर्दछ ।

आँखाभौं बाक्लो बनाउनका लागि अर्को उत्तम विकल्प क्यास्टर तेल पनि छ। यसको तेलले पनि अन्य तेलहरु जस्तै आँखीभौं बाक्लो तथा सुन्दर बनाउन मद्दत गर्छ । छिटो बाक्लो आँखीभौंको लागि अन्य तेलको तुलनामा क्यास्टर तेलको प्रयोग राम्रो मानिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved