राष्ट्रपति पौडेलको छातीमा समस्या देखियो, त्रिवि शिक्षण अस्पतालमा भर्ना

नेपालभ्युज

राष्ट्रपति पौडेलको छातीमा समस्या  देखियो, त्रिवि शिक्षण अस्पतालमा भर्ना
फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार थालिएको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था असहज भएकाले अस्पतालमा भर्ना गरिएको शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जानकारी दिए ।

राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ । उनी सोमबार पनि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएका थिए । त्यसबेला अल्ट्रासाउण्डको सहायताले पानी निकालेर परीक्षण गरिएको थियो ।

यसअघि गएको चैत १८ गते पनि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पतालमा भर्ना भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved