कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुंगाे लगायो

कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुंगाे लगायो

सुर्खेत। नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ । कांग्रेसले तीन जना मन्त्रीकाे नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएकाे हाे ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत- ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पाेखरेल, जाजरकाेट प्रदेशसभा ‘ख’ बाट निर्वाचित वेदराज सिंह र दैलेख-१ ‘क’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन् ।

पाेखरेल सामाजिक विकासमन्त्री, सिंहलाई आर्थिक मामिला तथा याेजनामन्त्री र बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved