एजेन्सी। ईन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सल गुजरात टाइटन्सलाई हराएको छ । अहमदाबादमा गएराति भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो ।
गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । राजस्थानका लागि कप्तान सञ्जु सामसनले ६० र सिमरन हिटमायरले ५६ रन बनाए ।
गुजरातका लागि मोहम्मद सामीले ३ विकेट लिए भने राशिद खानले २ तथा हार्दिक पान्डे र नुर अहमदले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
गुजरातका लागि डेबिड मिलरले सर्वाधिक ४६ रन बनाए । राजस्थानका लागि सन्दीप शर्माले दुई विकेट लिए भने ट्रेन्ट बोल्ड, एडम जाम्पा र युजभेन्द्र चहलले १/१ विकेट लिए ।
जितसँगै राजस्थान ८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । गुजरात भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।
Facebook Comment
Comment