कसरत गर्दा देखिने ५ लक्षण जसले हृदयघातको संकेत गर्छ

नेपालभ्युज

कसरत गर्दा देखिने ५ लक्षण जसले हृदयघातको संकेत गर्छ

मुटुको धड्कन असामान्य हुनु

कसरत गरिरहेको बेला कतिपय व्यक्तिको मुटुको धड्कन एकदमै तेज हुने गर्दछ । यदी तपाईंलाई पनि त्यस्तै भएको छ भने कसरत गर्न छोड्नुहोस् र सावधान हुन जरुरी छ । यस्तो अवस्थामा हृदयघात हुने सम्भावना पनि हुन्छ ।

अत्यधिक थकान हुनु

कसरत गर्ने समयमा एकदमै धेरै थकान महसुस हुनु पनि मुटु सम्बन्धी समस्याको संकेत हो । खराब कोलेस्ट्रोलले नसामा रगतको प्रवाहलाई रोक्ने काम गर्छ जसले गर्दा रक्तसंचार प्रभावित हुन्छ र तपाईंलाई एकदमै थकान महसुस हुन थाल्छ ।

स्वास फेर्न समस्या

कतिपय अवस्थामा तपाईंलाई कसरत गर्ने बेला स्वास फेर्न समस्या हुन सक्छ । यो पनि  मुटुसम्बन्धी समस्याको संकेत हो । यदि कसरत गर्ने बेला यस्तो लक्षण महसुस भयो भने केही समय आराम गर्नुहोस् ।

मुटुमा दुखाई

मुटुसम्बन्धी समस्या जस्तो कार्डियक अरेस्टले तपाईंलाई पहिला छातिमा दुखाईको महसुस हुन सक्छ । यदि कसरत गर्ने बेला पटक पटक मुटुमा दुखाई महसुस हुन्छ भने त्यसलाई बेवास्ता गर्नु हुँदैन ।

रिंगटा लाग्नु

कार्डियक अरेस्ट भन्दा पहिला व्यक्तिलाई रिंगाटा लाग्ने समस्याको सामना गर्नुपर्ने हुन सक्छ । यदि तपाईंलाई कसरत गर्ने बेला रिंगाटा लागिरहेको छ भने कसरत बन्द गर्नुहोस् । यसले तपाईंलाई चोटपटक लाग्न सक्ने सम्भावना हुन्छ ।

एजेन्सी । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved