बच्चालाई स्वीमिंग सिकाउने सही उमेर

नेपालभ्युज

बच्चालाई स्वीमिंग सिकाउने सही उमेर

एजेन्सी । हिजोआज सामाजिक सञ्जालमा त्यस्ता कैयौं भिडियोहरु पाइन्छन् जहाँ नवजात शिशुलाई पनि स्वीमिंग गराइरहेका हुन्छन् । राम्रोसँग उभिन, हिँडन पनि नसक्ने बच्चाहरु पानीमा विभिन्न तरिकाले स्वीमिंग गरिरहेका हुन्छन् ।

यस्ता भिडियोहरु देखेर पनि कैयौं अभिभावकहरु बच्चाहरुलाई स्वीमिंग सिकाउन उत्साहित भइरहेका हुन्छन् । तर बच्चाहरुलाई स्वीमिंग सिकाउने पनि निश्चित उमेर हुन्छ । कुन उमेरमा बच्चालाई स्वीमिंग सिकाउन उचित हुन्छ यसबारेमा विभिन्न विशेषज्ञहरुका विचारहरु जानौं ।

कुन उमेरमा स्वीमिंग सिकाउने

अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सको नयाँ निर्देशनअनुसार बच्चाहरु एक वर्षको उमेरमा स्वीमिंग सिक्न सक्छन् । १२ महिना भन्दा कम उमेरका बच्चाहरु स्वास लिनका लागि पानी बाहिर टाउको निकाल्ने क्षमता राख्दैनन् । त्यसैले त्यस्तो बच्चालाई पौडिन सिकाउने वा स्वीमिंग सिकाउनु हुँदैन । ४ वर्षका बच्चाहरु स्वीमिंगका लागि एकदमै सक्षम हुने गर्दछन् ।

बच्चाहरुलाई स्वीमिंग सिकाउनुका फाइदा

१. जति छिटो बच्चालाई स्वीमिंग सिकायो, त्यति नै बच्चामा एक्वाफोबिया (पानीको डर) हुँदैन । अधिकांश फोयिबा बाल्यकालमै बच्चाहरुको मनमा आउने गर्दछन् र स्वीमिंग पनि त्यस्तै किसिमको फोबियाबाट बच्ने उपाय हो ।

२. स्वीमिंगले फोक्सो तथा मुटुको विकासका साथै त्यसलाई सुधार गर्ने काम गर्छ ।

३. स्वीमिंग गर्नाले अन्य शरीरमा पनि तागत बढ्छ साथै मस्तिष्कको विकासमा पनि सहयोगी हुन्छ ।

४. स्वीमिंगले शारीरिक रुपमा क्रियाशिल बनाउँछ साथै बच्चाको खाने तथा सुत्ने शैलीमा पनि सुधार ल्याउने गर्दछ ।

४. बच्चाहरुले पानीबाट बच्ने तरिका तथा जीवनमा सुरक्षित हुने तरिकाहरुका बारेमा जान्ने प्रयास गर्दछन् ।

५. स्वीमिंग गर्दा बच्चाहरु धेरै थाक्छन्, साथै भोक धेरै लाग्छ जसले गर्दा बच्चाले जे पनि खाने तथा सही मात्रामा खाने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved