वैशाख ९ गते राजीनामा दिने ‘मूड’मा मुख्यमन्त्री अधिकारी

नेपालभ्युज

वैशाख ९ गते राजीनामा दिने ‘मूड’मा मुख्यमन्त्री अधिकारी

काठमाडौं । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै अल्पमतमा परेका तीन प्रदेश सरकारका मुख्यमन्त्रीहरूसमेत विस्तारै बाहिरिने तयारीमा रहेका छन् ।

पुस १० मा एमाले-माओवादी केन्द्र गठबन्धन बनेपछि सहजरूपमा मुख्यमन्त्री बनेका कोशी, गडकी र लुम्बिनीका मुख्यमन्त्रीले आफैँ राजीनामा दिने वा विश्वासको मत मागेर ‘फेस’ गर्ने भन्ने अन्यौलताकै बीच गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले भने बेग्लै सोच बनाएको बुझिएको छ ।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनैपर्ने समयसीमाको अन्तिम दिन बैशाख ९ गते प्रदेशसभा अधिवेशन आह्वान भएको छ । उनले सोही दिनको लागि प्रदेश सभाको अधिवेशन बोलाइएका छन् । अब प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री अधिकारीले तयारी गरेको अनुमान गरिएको छ ।

राष्ट्रपतिको निर्वाचनसँगै केन्द्रमा सत्ता समीकरण बदलिएपछि गण्डकी प्रदेशमा पनि चैत ९ गते नेकपा माओवादी केन्द्रले एमाले सरकारबाट समर्थन फिर्ता लिँदै भौतिक पूर्वाधारमन्त्री हरिबहादुर चुमान र पर्यटनमन्त्री रेशमबहादुर जुग्जालीले राजीनामा दिएका थिए ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि १ महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक बाध्यता छ । त्यो समय बैशाख ९ गतेसम्म मात्रै हो । त्यसो त गण्डकी सरकारमा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मार्ग प्रशस्त गर्न आग्रह गरिसकेका छन् ।

तर, त्यसलाई अधिकारीले ‘संविधानले दिएको समय सुविधा’ प्रयोग गर्दै संसद्‌मै आफ्नो परीक्षण गर्ने बताएका थिए । यद्यपि मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट ९ गते संसद् अधिवेशन बोलाउने आह्वान मुख्यमन्त्रीले गरेका छन् ।

गण्डकी प्रदेशमा ठूलो दलको हैसियतले माओवादीको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा छन् । यहाँ माओवादीले पनि दाबी गरेको छ । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकीको मुख्यमन्त्रीमा पाण्डेलाई बनाउने कुरा पटक पटक बोलेका छन् ।

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ । ८ सदस्य रहेको माओवादीसँगको सहकार्यमा सरकार बनाउन सहज बहुमत पुग्छ । माओवादी केन्द्रबाट कृष्ण धिताल सभामुख रहेकाले कांग्रेस-माओवादी केन्द्र मिल्दा सरकार बनाउन पुग्ने सहज ३४ जना हुन्छन् ।

मनाङबाट स्वतन्त्ररूपमा सर्वसम्मत चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) पनि मिल्दा अबको सत्ता गठबन्धन ३५ सदस्यीय रहन्छ । मनाङगे नेकपा समाजवादी प्रवेश गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved