प्रसाईंलाई स्याबासी दिँदै रविले भने- ‘खराब मान्छेहरू चाँडै छुट्टिएको राम्रो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू दैनन्दिन षड्यन्त्रकारीहरूसँग लडिरहेको बताएका छन् ।

नेपालभ्युज

प्रसाईंलाई स्याबासी दिँदै रविले भने- ‘खराब मान्छेहरू चाँडै छुट्टिएको राम्रो’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू दैनन्दिन षड्यन्त्रकारीहरूसँग लडिरहेको बताएका छन् ।

मंगलबार चितवनमा आयोजित आमसभालाई सम्बोधन गर्दै भनेका छन्, “चुनावको बेला छ । तर, म दिनदिनै षड्यन्त्रकारीहरूसँग लडिरहेको छु । तर, म चुनाव पनि जित्छु, षड्यन्त्रसँग पनि जित्छु । हामीलाई, मलाई हराएर कसलाई जिताउन खोजेका छन्, मलाई थाहा छैन ।”

उनले रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठ जोडिएको अडिओ सार्वजनिक गर्ने दुर्गा प्रसाईंलाई स्याब्बासी दिए । ‘म नामै लिएर भन्न चाहन्छु, दुर्गा प्रसाईंजी तपाईंलाई धन्यवाद । म तपाईंलाई स्याब्बास भन्न चाहन्छु— स्याब्बास । तपाईंसँग कैयन् विषयहरूमा असन्तुष्टि छु म, तर यो अडिओ ल्याइदिएर हामीलाई गुण लगाइदिनुभएको छ ।’

उनले थपे, ‘खराब मान्छेहरू चाँडै छुट्टिएको राम्रो हो । एउटा बोरामा १/२ वटा आलुहरू कुहिएर केही हुँदैन । हामीले राम्रो आलुहरू पनि थप्दैछौँ । हामीले डा. स्वर्णिम वाग्लेजस्तो मान्छेहरू जोडेका छौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved