सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री बनेका तीन जनाले मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री शर्मासमक्ष नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा बुझाएका हुन ।
केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो । चैत्र १७ गते शर्माले पुनः विश्वासको मत लिँदा राप्रपाबाहेकका दलले विश्वासको मत दिएका थिए ।
नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको छ ।

Facebook Comment
Comment