विराटनगर । कोशी प्रदेश सरकारले कार्य कुशलता र कार्य सम्पादनका लागि कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले दिलकुमार मेम्याङबो संयोजकत्वमा कार्य मूल्याङ्कन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले दुर्गा चापागाईको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति र बुद्धिकुमार राजभण्डारीको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति बनाउने समेत निर्णय गरेको छ ।
बैठकले संघबाट हस्तान्तरण भई आएका पूर्वाधार विकासका लागि अपुग तीन अर्ब ४८ करोड ३६ लाख ५० हजार केन्द्र सरकारसँग माग गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । सो अवसरमा सरकारले प्रमुख सचिव डा दीपक काफ्लेलाई स्वागत र पूर्वसचिव किशोर चौधरीलाई बिदाइसहित धन्यवाद प्रस्ताव पनि पारित गरेको छ । रासस
Facebook Comment
Comment