सुनको मूल्य अहिलेसम्मकै उच्च : तोलाको १ लाख ११ हजार पुग्यो

नेपालभ्युज

सुनको मूल्य अहिलेसम्मकै उच्च : तोलाको १ लाख ११ हजार पुग्यो

काठमाडौं। सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । चैत ५ गते छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।

मंगलबार मूल्यमा आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो।

यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा २ हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । प्रतितोला १ हजार ४ सय रुपैयाँमा बजारमा किनबेच भइरहेको महासङ्घले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved