डाबर नेपालले जित्यो ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२३’ को प्रतिष्ठित पुरस्कार

नेपालभ्युज

डाबर नेपालले जित्यो ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२३’ को प्रतिष्ठित पुरस्कार

काठमाडौं। डाबर नेपालले ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड–२०२३’ प्राप्त गरेको छ। गत मार्च ३१ मा यो अवार्डको विजेताहरु घोषणा गरिएको थियो।

यो पुरस्कार डाबर नेपालले नेपालमा एचआर नीति, अभ्यास र कार्यसम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरेको हो।

ग्रोथ सेलर्स एक स्वतन्त्र एचआर कन्सल्टिङ फर्मद्वारा आयोजित एचआर मिट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो।

अवार्ड डाबर नेपालका एचएस बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एचआर) र एचआर विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको थियो।

यो अवार्ड जित्नु भनेको डाबर नेपालले सबैभन्दा बहुमूल्य सम्पत्ति आफ्ना कर्मचारीलाई महत्त्व दिई उनीहरूको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगबाट प्रमाण रहेको कम्पनीले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved