सुनको मूल्यमा ६००रुपैयाँले गिरावट

नेपालभ्युज

सुनको मूल्यमा ६००रुपैयाँले गिरावट

काठमाडौं। सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारमा लगातार दोस्रो दिन सुनको मूल्य घटेर आएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । आइतबार १४ सय १० रुपैयाँ कायम थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved