कांग्रेस फर्कन्नँः डा. स्वर्णिम वाग्ले

नेपालभ्युज

कांग्रेस फर्कन्नँः डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ-१ को उपनिर्वाचनमा उम्मेदवार बन्न लागेका डा. स्वर्णिम वाग्लेले पुनः फेरि नेपाली कांग्रेसमा नफर्किने बताएका छन्।

शनिबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले पुनः कांग्रेस नफर्कने बताएका हुन् । उनले आफ्नो पछाडि फर्कने बानी नभएको भन्दै आफू रास्वपाको साधारण सदस्य बनिसकेको प्रष्ट पारे ।

उनले भने, ‘म रास्वपाको साधारण सदस्यको रूपमा यहाँ उपस्थित छु। पछाडि फर्कने मेरो बानी छैन, अगाडि नै जाने मक्सद लिएर म आएको हुँ ।’

उनले कांग्रेससँग रास्वपाको सहकार्य हुनसक्ने सम्भावना भने औंल्याए । ‘सार्थक अथवा निर्णायक तपाईंहरू जस्ता सुधारक भनेर चिनिएका पात्रहरूले नेपाली कांग्रेस पार्टीमा आउनुभयो भने त्यतिबेला रास्वपा पनि लोकतान्त्रिक पार्टी हो, विश्वसनीय वैकल्पिक लोतान्त्रिक पार्टी हो,’ डा. वाग्लेले भने, ‘उहाँहरू पनि पूरानो लोकतान्त्रिक पार्टी हो । सहकार्य गर्न सकिने, हामी गठबन्धनको संस्कारमा छौं। मिलेर जान सकिन्छ भन्ने हिसाबले भनेको हुँ।’

उनले कम्युनिष्ट पार्टीहरूले गरेजस्तो गठबन्धन बन्ने सम्भावना रहे पनि कांग्रेसमा फर्किने कुरा नगरेको स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved