खानेपानीमन्त्री खानले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

जनमत पार्टीका तर्फबाट खानेपानीमन्त्री रहेका खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।

नेपालभ्युज

खानेपानीमन्त्री खानले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

जनमत पार्टीका तर्फबाट खानेपानीमन्त्री रहेका खानले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।

उनले आफूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका थिए । गत पुस १० गते नै आपूर्ति मन्त्रालय पाउनुपर्ने अडानमा रहेका उनले मन्त्रिपरिषद् पुन:गठन हुँदा सोही मन्त्रालय पाउनुपर्ने बताएका थिए ।

तर, उक्त मन्त्रालय कांग्रेसले लिएपछि उनले राजीनामा बुझाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved