भारतमा भएको रामनवमी मेलामा दुर्घटना, ३५ जनाको मृत्यु

नेपालभ्युज

भारतमा भएको रामनवमी मेलामा दुर्घटना, ३५ जनाको मृत्यु

काठमाडौं। भारतको इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा परी ३५ जनाको ज्यान गएको छ। मेलाका क्रममा मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा उनीहरू इनारमा खसेका थिए।

बिहीबार भएको उक्त दुर्घटनामा आज शुक्रबार बिहानसम्ममा ३५ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अझै केही हराइरहेका छन् । १८ जनालाई भने जीवितै उद्धार गरिएको हो ।

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । भारतले सरकारले मृतकका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved