जहाज उडिरहँदा टिकटक बनाउने तीनजना ‘क्रू मेम्बर’ दोहामा ग्राउन्डेड

उनीहरूलाई तीनदेखि ६ महिनासम्म ग्राउन्डेड गरिनसक्ने

उडिरहेको जहाजभित्र टिकटक भिडिओ बनाएको भन्दै हिमालयन एयरलाइन्सका तीनजना ‘क्रू मेम्बर’ ग्राउन्डेड भएका छन्। उनीहरू तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुनसक्नेछन्।

नेपाल भ्युज

जहाज उडिरहँदा टिकटक बनाउने तीनजना ‘क्रू मेम्बर’ दोहामा ग्राउन्डेड

काठमाडौं। उडिरहेको जहाजभित्र टिकटक भिडिओ बनाएको भन्दै हिमालयन एयरलाइन्सका तीनजना ‘क्रू मेम्बर’ ग्राउन्डेड भएका छन्।

न्यूनतम नियम पालना नगरी जहाजभित्र टिकटक भिडिओ बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीन जनालाई ग्राउन्डेड गरिएको हो।

हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले भिडिओ खिचेका थिए। काठमाडौंबाट दोहा जाँदै गर्दा भिडिओ बनाउने उनीहरूलाई दोहामै ग्राउन्डेड गरिएको छ।

बिहीबार राति काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र उनीहरूले भिडिओ बनाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उनीहरू तीनदेखि ६ महिनासम्म ग्राउन्डेड हुनसक्ने बताए। उनीहरू अब यात्रुको रूपमा मात्रै नेपाल आउन पाउनेछन्। एयरलाइन्सको जिम्मेवारीमा भने निलम्बन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved