भीम रावलले आत्मालोचना नगरे एमालेले कारबाही गर्नसक्ने

नेपालभ्युज

भीम रावलले आत्मालोचना नगरे एमालेले कारबाही गर्नसक्ने

काठमाडौं। पार्टी नेता भीम रावलमाथि कारबाही हुनसक्ने एमालेका एक नेताले जनाउ दिएका छन्। पार्टी उपाध्यक्ष विष्णु पौडेलले नेता रावलले पार्टी हितविपरीत काम गर्दै गए कारबाही हुनसक्ने बताएका हुन्।

शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले रावलले एकपछि अर्को गर्दै पार्टीको हितविपरीत काम गरेको समेत आरोप लगाए। महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध रावलले काम गर्दै आएको पनि पौडेलको भनाइ थियो।

रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेको र त्यो क्षम्य नहुने भन्दै पौडेलले तत्काल गल्ती स्वीकार्दै आत्मालोचना नगरे रावलविरुद्ध पार्टीले ‘उचित निर्णय’ लिन सक्ने बताए ।

‘एउटा पार्टी सदस्य र नेताले गर्नुपर्ने कर्तव्य रावलले निर्वाह गर्नुभएको छैन’ पौडेलले भने–‘रावलजीले पार्टीको निर्णय मान्नुभएको छैन । अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । यसले पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेको भन्ने बुझिन्छ।’

उपाध्यक्ष पौडेलले रावलले एकपछि अर्को गल्ती गर्दै जाने र आफ्ना गल्ती स्वीकार नगर्ने हो भने पार्टीले उचित निर्णय लिने बताए । उनले भने–‘म रावलजीलाई भन्छु आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved