काठमाडौं। आईएमई लिमिटेड तथा आईएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरू (एजेन्टहरू) मार्फत अब हवाई यात्रुहरूले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् ।
यस सेवामार्फत देशभरि छरिएर रहेका आईएमईका हजारौँ साझेदार मित्रहरूसँग (एजेन्ट्स) यात्रुहरूले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सक्नेछन् ।
यसका साथै साझेदार मित्रहरूले आफ्नो ‘आईएमई-एजेन्ट पोर्टल’ मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको छ।
यस सेवामार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने विश्वास आईएमई ग्रुपको छ।
Facebook Comment
Comment