१२ दिने हिँडाइ र चिसो भुईँको सुताइले थलिए मिटरब्याज पीडित (तस्वीरहरू)

अधिकांश पीडितहरू पहिलो पटक काठमाडौं आएका छन्। मधेशबाट पहाड उक्लिएका थिएनन्। यताउता जाँदा पनि साइकलमा जान्थे। लगातार १२ दिन हिँड्दा बिरामी परेका हुन्।

नेपालभ्युज

१२ दिने हिँडाइ र चिसो भुईँको सुताइले थलिए मिटरब्याज पीडित (तस्वीरहरू)

काठमाडौं। बर्दिबासबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरू थलिएका छन्। धनुषा, सिराहा, महोत्तरी, सर्लाहीमा सुदखोरबाट ठगिँदै उठिबास लगाएका पीडित १२ दिन हिँडेर काठमाडौं आएका हुन्। काठमाडौं आएपछि उनीहरू बिरामी परेका हुन्। खुलामञ्चमा महानगरले बस्न नदिएपछि उनीहरू तमू बौद्ध सेवा समितिको भवन अनामनगरमा बसिरहेका छन्।

तीन दिनदेखि अनामनगरस्थित तमू बौद्ध सेवा समितिको हलमा आश्रय लिइरहेका उनीहरू मध्ये अधिकांश बिरामी परेका छन्। ‘‘चिसो भुईँमा सुत्नु परेको कारण र हिँडेर आएको थकानले बिरामी भएका हौँ’’, मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले बताए।

अधिकांश पीडितहरू पहिलो पटक काठमाडौं आएका छन्। मधेशबाट पहाड उक्लिएका थिएनन्। यताउता जाँदा पनि साइकलमा जान्थे। लगातार १२ दिन हिँड्दा बिरामी परेका हुन्।

गाउँका गरिब, निरक्षर किसान तथा मजदुरले थोरै ऋण लिएको भए पनि साहुले ठगेर महँगो ब्याज थपेर मूलधनमै जोड्ने गरेका छन्।

साहुले किर्ते तमसुक बनाउने गरेका कारण थुप्रै पीडित भएका छन्। साहुले घर जग्गा खासेपछि न्यायको माग गर्दै उनीहरू काठमाडौंमा आन्दोलनमा छन्।

मिटरब्याजको घनचक्करमा पढाइ छोड्न बाध्य गरिमाको पीडा (भिडिओसहित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved