यस्ता गल्तीले बिग्रन सक्छ जोडिँदै गरेको सम्बन्ध

नेपाल भ्युज

यस्ता गल्तीले बिग्रन सक्छ जोडिँदै गरेको सम्बन्ध

एजेन्सी । नयाँ नयाँ सम्बन्धमा जोडीहरु एकदमै उत्साहित हुन्छन् । सम्बन्धलाई विशेष बनाउन लागिरहेकै बेला हुने केही साना गल्तीले सम्बन्ध बन्ने भन्दा बिगार्न सक्छ ।

आउनुहोस् जानौं के रहेछन् ति गल्तीहरु 

१. यदी सम्बन्धलाई बलियो र लामो समयका लागि बनाउन चाहनुहुन्छ भने सम्हालिएर तथा सावधानीपूर्वक कदम चाल्नुहोस् । कुनै प्रकारको लापरवाही नगर्नुहोस्, यसले सम्बन्ध खराब पार्न सक्छ ।

२. आफ्नो पुरानो सम्बन्ध वा प्रेमीप्रेमिकासँग पार्टनरको तुलना नगर्नुहोस् । यसले तपाईंको सम्बन्धमा तिक्तता आउन सक्छ ।

३. सम्बन्धमा सानोतिनो लडाई झगडा हुन्छ तर हरेक कुरामा तपाईंलाई नै झुक्न पर्छ भने त्यो सही होइन । यस्तो सम्बन्धमा तपाईंको महत्व छैन भन्ने बुझ्नुपर्छ ।

४. प्रेममा कतिपय मानिस आफ्नो स्वतन्त्रतालाई पनि गुमाउँछन् । समय बित्दै जाँदा यस्तो सम्बन्धमा तपाईंले बन्धन महसुस गर्नुहुनेछ । त्यसैले यस्तो गल्ती नगर्नुहोस् ।

५.  धेरै जस्तो व्यक्ति आफ्नो पार्टनरलाई आफ्नो हिसाबमा बदल्न चाहन्छन् जो एकदमै गलत कुरा हो । यस्तो गर्दा तपाईंको पार्टनरमा गलत असर पर्न सक्छ ।

६. नयाँ सम्बन्धमा तपाईंले ओभर रियाक्ट गर्नदेखि बच्नुपर्छ । धेरै स्मार्ट बन्न खोज्दा पनि कुरा बिग्रन सक्छ । यसले तपाईंको पार्टनरमा गलत भावना पैदा गर्न सक्छ ।

७. यदी तपाईंको पार्टनर सार्वजनिक स्थलमा धेरै नजिक भएर वा टाँसिएको रुचाउँदैन भने त्यस्तो गल्ती नगर्नुहोस् । किनकी यसले पार्टनरमा तपाईंप्रति नराम्रो दृष्टिकोण बन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved