सरकार भन्छ–‘मिटरब्याजमा रकम असुली गर्नु अपराध हो’

नेपालभ्युज

सरकार भन्छ–‘मिटरब्याजमा रकम असुली गर्नु अपराध हो’

काठमाडौं। मिटरब्याजमा रकम असुली गर्नु अपराध भएको भन्दै सरकारले त्यसका लागि कानुनी व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यो छलफल भएको हो।

मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको स्रोतको भनाइ छ। कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णय भएको छ।

मन्त्रिपरिषद् स्रोतका अनुसार मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।

तराईका गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न पीडितहरू काठमाडौं आएका छन्।

उनीहरू महोत्तरीको बर्दिवास हुँदै पैदल हिँडेर काठमाडौं आएका हुन्। काठमाडौं आएर उनीहरू धर्ना दिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved