कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित

काठमाडौं ।  नेपाली कांग्रेसको मंगलबार बस्ने भनेको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ । मंगलबारका लागि तोकिएको बैठक बिहीबार बिहान ११ बजे बस्ने  केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहने छ  । बैठक पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved