‘ललित मोदीदेखि नीरव मोदीसम्म सबै चोरहरुको थर मोदी किन छ ?’ भन्ने भनाईका कारण राहुल गान्धीलाई सांसद सदस्यका लागि अयोग्य ठहराइनु गुजरात आधारित पत्रकारको आँखाबाट हेर्दा एक बैरागलाग्दो आकस्मिक राजनीतिक घटनाभन्दा बढी केही लाग्दैन।
किनकी हामीमध्ये धेरैले यहाँ नरेन्द्रभाई मोदीलाई निरन्तर पछ्याएका छौं । यदि मैले व्यक्तिगत कुरा गर्ने हो भने द इन्डियन एक्सप्रेसको शिकारु पत्रकार हुँदादेखि नै गुजरातको सोमनाथदेखि अयोध्या रथयात्रा चरण कभर गरेकी थिएँ । त्यो बेला मोदीलाई पछ्याउने मेरो ‘एक प्रकारको सम्झौता’ नै थियो ।
सन् १९९५ मा गुजरातमा भाजपाले सरकार सुनिश्चित गर्न उनको कडा परिश्रम थियो । त्यसपछि उनीमाथिका प्रतिबन्ध, सन् २००१ को गुजरात भूकम्प र त्यसयताका दिनमा उनको अचानक दिव्य तथा चमत्कारिक उपस्थिति हुन थाल्यो । सन् १९९० देखि सन् २००१ सम्म मोदी एक उद्धेश्यकेन्द्रित ध्यान भएका विशेषतः जनताको मनस्थिति मूल्यांकन गर्न सक्ने विशेष क्षमता भएका व्यक्तिका रुपमा पढिन्थे ।
उनले त्यस्ता सयौं आरएसएस कार्यकर्ताको निरिक्षण गर्थे, जो बसमै बस्ने गर्थे । उनीहरुले कांग्रेसको भ्रष्टाचार र नातावादको कुरा गर्थे । उनीहरुले कांग्रेसले सीमान्तकृत, दलित र गरिबका लागि मात्र काम गरेको सर्वण समुदायलाई परै राखेको कुरा गर्थे । यो कुराले धेरैको दिमागमा क्लिक गर्थ्यो । तर, यदि निष्पक्ष भएर भन्ने हो भने मोदीले त्यो बेला अश्लिल, असंस्कृत, दुराग्राही र विभाजनकारी भाषा प्रयोग गर्दैनथे ।
मैले कंकरिया नजिक २० वर्षदेखि नाई काम गर्ने एक मुस्लिमलाई भेटेको थिए, जससँग मोदीप्रति निक्कै दयालु र श्रद्धापूर्ण शब्द थिए । संक्षिप्तमा भन्नु पर्दा त्यतिन्जेल मोदीको कुनै पंथ थिएन । यो सबै कुरा सन् २००२ मा भयो ।
मोदीको ‘भविष्यवक्ता’ ‘गुरु’ र ‘एक क्रुर आधुनिक राजनीतिज्ञ’ का रुपमा ‘त्रिआयामिक हवाई छवि’ बन्यो जसले १ करोड ३० लाख जनसंख्याको विशाल र असाधारण विविधता भएको देशमा दुई आम चुनावमा लगातर भीषण जित हात पर्यो ।
तर, वास्तवमा मोदी को हुन् ? यसमाथि विचार गर्न म मुख्य तीन प्रश्नमा फर्किन्छु ।
एक– मोदी कुन देशको नेतृत्व गर्दैछन् ? भारतको कि हिन्दू भारतको ?
दुई– उनको राजनीतिले भारतलाई बचाइरहेको छ कि ध्वंस्त पारिरहेको छ ?
तीन– के उनी एक साँचो आर्थिक आधुनिकीकरणकर्ता हुन् वा एक कट्टर धार्मिक राष्ट्रवादी, जसका लागि आधुनिकीकरण प्रस्ताव साम्प्रदायिक फाइदाका लागि विभाजनकारी औजार मात्र हो ?
मलाई लाग्छ– यी प्रश्नको त्यतिन्जेलसम्म कुनै समाधाान हुन सक्दैन, जबसम्म उनी आफ्ना चरम सीमासम्म पुग्दैनन् किनकी मोदीको अर्को नाम ‘क्रोनिक दुविधा’ पनि हो । उनी किशोर अवस्थामा एक उत्कट हिन्दू लडाका थिए । अहिले उनले त्यस्तो पश्चिमी ढाँचामा राजनीतिक काम गर्नु परेको छ, जसलाई उनी आधा स्विकार र आधा अस्विकार गर्दछन् ।
उनले मौलिक रुपमा आफ्नो बाटोमा काम गर्न कम्तीमा अहिलेसम्म क्षमता राखेका छैनन् । जब मोदीलाई लाग्यो कि मुस्लिम विरोधी भावनाबाट हिन्दूलाई कति सजिलै तान्न सकिन्छ, उनले त्यसैको फाइदा उठाए ।
आज कांग्रेस नेता राहुल गान्धीलाई सांसद सदस्य पदबाट सन् २०१९ को एक भाषणका लागि अयोग्य सावित गरिएको छ, जसमा उनले ललित मोदी र नीरव मोदीको नाम लिँदै यी चोरहरुको थर किन मोदी छ भनेर प्रश्न गरेका थिए । गान्धीको भाषण अग्रेजीमा थियो र अनुवाद गरिएको थियो ।
निसन्देह नै राहुल गान्धी वा अरु कोहीले गर्ने यस्तो वेस्वादिलो, अश्लिल र अनौपचारिक सार्वजनिक भाषणलाई समर्थन गर्ने मेरो कुनै उदेश्य छैन । तर जब मैले त्यो राहुल गान्धीको भाषण सुनेँ, म त्यहाँ थिएँ, मलाई त्यो सीमाभन्दा तल झरेको अश्लिल वा भद्दा लागेको थिएन ।
मैले सन् २०१९ को लोकसभा निर्वाचन कभर गरिरहेकी थिएँ । मलाई लागेको थियो कि राहुल गान्धीको भाषण तीखो, तीतो, राजनीतिक उग्रता र आक्रमकता केन्द्रित थियो ।
फेरि गुजरात नै फर्कौ । म गुजरातकी हुँ । गुजराती हुनुको नाताले मैले सन् २००१ देखि नै सार्वजनिक बिमर्शमा शालिनताको मृत्युको साक्षी हुनु परेको छ । म यो कुरा बढो जोड दिएर भन्न चाहन्छु कि त्यस अघि पनि भाजपा गुजरातको सत्तामा थियो तर त्यो स्तरको कालापोते संस्कारमा लिप्त थिएन ।
सन् १९९८ मा भाजपाको राष्ट्रिय कार्यकारी समितिको एक बैठक गुजरातमा भएको थियो । त्यहाँ मैले अटलबिहारी बाजपेयीलाई सोधेकी थिएँ–‘ भाजपाका लागि तपाईको सपना के हो ?’ उनले भनेका थिए– ‘म चाहन्छु कि भाजपाले भारतमा शासन गरोस । तर, यो काम हामीले महात्मा गान्धीको भूमि गुजरातबाट सुरु गरेका छौं । गुजरात हाम्रा लागि विशेष महत्वको छ । हामीले माहात्मा गान्धीले निर्धारण गरेका विचार पछ्याउनु पर्दछ ।’ विचरा, बाजपेयी, उनी आफ्नो चिहानबाट आज के भन्दै होलान ?
भाषणकलाका लागि मोदीलाई गुजरातीमा, अब त हिन्दीमा पनि पूर्ण अंक दिन सकिन्छ । जब उनी गुजरातीमा बोल्छन्, भीडलाई मोहित पार्न सक्दछन् । अब त उनको हिन्दीमा पनि व्यापक सुधार आएको छ । टेलिप्रम्टरको प्रयोगका बाबजुद उनको अंग्रेजी भने गम्भीर स्पष्टता भन्दा रमाइलो बढी हुन्छा ।
सार्वजनिक बहसमा शालिनताको प्रश्नमा फर्किदा यसको हत्या गर्ने अपजसको लागि मोदीलाई भन्दा ठूलो श्रीपेच कसलाई लगाइदिन सकिएला र ?
आश्चर्यजनक र अपेक्षित कुरा– सन् २००२ को गौरव यात्राका उनका भाषण कुनै पनि युट्युबमा फेला पार्न सकिन्न । तर, यहाँ एक लिंकको चर्चा गर्न चाहन्छु जसलाई मैले धेरै समय लागएर मेहनतपूर्वक खोजेपछि फेला पारेँ ।
एउटा अर्को घटना छ जहाँ उनले स्पष्ट रुपमा भनेका छन्–‘देशको विकास कसरी हुन्छ, तिम्रो पाँच र तिम्रा पंछीहरुले ?’ यो मुस्लिम समुदायको त्यो प्रचलनप्रति लक्षित छ जसको कानुनले पुरुषलाई ४ वटासम्म बिहे गर्ने अनुमति दिन्छ । उनको यो भनाईमा कट्टरपन्थीको त्यो धारणा मिश्रित छ कि मुस्लिमका धेरै बच्चाको कारण देश नबनेको हो ।
मानौं कि यो कुनै समुदायलक्षित र अपमानजनक भाषण हैन, गुजरातका महिलालक्षित उनको भाषण चाहिँ के हो ? जसमा उनले भनेका छन्–‘ गुजरातमा कुपोषणको कुनै समस्या हैन, हाम्रा महिला नै फिगरप्रति सचेत छन् पातली बस्न मन पराउँछन् ।’
यदि सोनिया गान्धीको ‘निच राजनीति’ ले यस्ता लबजलाई टिप्न र राष्ट्रिय परिदृष्यमा प्रतिवाद गर्न सक्थ्यो भने साँच्चै नै मोदीको जिब्रो थुत्न सक्ने थियो । मोदी प्रतिरक्षात्मक हुने थिए । तर, कांग्रेसजस्तो अल्छी पार्टीले त्यस्तो कष्ट किन गर्थ्यो ?
आज मोदीको डिजिटल साम्राज्य संचालन गर्ने कुशलताले त्यस्ता विरोधी र विभिन्न समुदायलाई तल गिरेर अपमानजनक शब्द प्रयोग गर्ने सबै अश्लिल भिडियो हटाइएको छ । उदाहरणका लागि गुजरातका हरेक जसो भाषणमा उनी भन्थे–‘सोनिया बैनी एक जर्सी गाई हुन् र राहुल उनको हाइब्रिड बाच्छो ।’
सोनियालाई उनी विदेशी महिलाका रुपमा बारम्बार चित्रण गरेर बोल्थे । उनले भनेका थिए–‘मैले २० जना भन्दा बढीलाई सोधे, कसैले पनि सोनिया बैनीलाई कारिन्दा र राहुललाई पिउन पनि राख्न चाहेन ।’ गुजरात न हो, मोदीका यस्ता भाषण सुनेर मान्छे जोडजोडले ताली पिट्थे ।
राहुलको ‘मोदीहरु किन चोर हुन्छन्’ वाला भाषणले त हामी गुजरातीलाई कुनै आकर्षण नै गर्दैन, किनकी हामी त्यो भन्दा धेरै तल्लो स्तरका अश्लिल, बेस्वादिला र असभ्य टिप्पणी सुन्न बानी परेका छौं । हामी यस्तो कुरामा निक्कै शसक्त छौं ।
प्रधानमन्त्री मोदीले ‘सय करोडकी गर्लफ्रेन्ड’ लाई सामान्य ठट्टा बनाइ दिएका छन् । हामीले यो उनको कुरुप टिप्पणीमा ताली पिट्दै मोदीको ‘सेन्स अफ ह्यूमर’ भनेर प्रसंशा गर्दिएका छौं ।
(द वायरबाट अनुदित)