पोर्चुगलले लिचेस्टाइनलाई ४ गोलले हरायो, रोनाल्डोका रेकर्ड नै रेकर्ड

नेपालभ्युज

पोर्चुगलले लिचेस्टाइनलाई ४ गोलले हरायो, रोनाल्डोका रेकर्ड नै रेकर्ड

एजेन्सी । युरोकप छनोटमा पोर्चुगलले लिचेस्टाइनलाई हराएको छ ।

घरेलु मैदानमा भएको छनोटमा पोर्चुगलले  लिचेस्टाइनलाई ४–०  गोलले हराएको हो । पोर्चुगलको जितमा कप्तान रोनाल्डोले दुई तथा जोओ क्यान्सेलो र बर्नाडो सिल्भाले समान एक गोल गरे ।

गएरातीको खेलमा रोनाल्डोले केहि नयाँ रेकर्ड पनि बनाएका छन् । लिचेस्टाइनविरुद्धको खेलसँगै रोनाल्डो पुरुषतर्फ राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै पटक खेल्ने अर्थात १९७ खेल खेल्ने खेलाडी बनेका छन् । रोनाल्डोले विश्वकपमा १९६ क्यापमा कुवेतका फरवार्ड बदेर अल–मुतावासँग बराबरी गरेका थिए ।

रोनाल्डोको गोल संख्या पनि १ सय २० पुगेको छ । सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने रेकर्ड उनले यसअघि नै तोडिसकेका छन् ।

रोनाल्डोले इतिहास रचिरहेका छन् । रोनाल्डोको पछिल्लो कीर्तिमानले मात्रै उनको हैसियतलाई सबै समयका महान् खेलाडीमध्ये एकको रूपमा प्रमाणित गरेको छ ।

रोनाल्डोले सात घरेलु उपाधि, ११ अन्य प्रमुख घरेलु ट्रफी, पाँच च्याम्पियन्स लिग, चार क्लब विश्व कप र एउटा युरोपेली च्याम्पियनसिप जितेको छ ।

यस जितसँगै समूह ‘जे’ मा पोर्चुगलले ३ अंक जोडेको छ । पराजित लिचेस्टाइनले अंक जोड्न सकेको छैन । यही समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले आइसल्यान्डलाई ३–० गोलले हरायो ।

अर्को खेलमा इंग्ल्यान्डले घरेलु टोली इटालीमाथि २–१ को जित निकालेको छ। इंग्ल्यान्डको जितमा डिक्लन राइस र कप्तान ह्यारी केनले गोल गरे । इटालीका माटियो रेटेगुईले एक गोल फर्काए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved