खप्तड गोल्डकप सुरु : पहिलो खेलमा बागमतीले एपीएफलाई हरायो

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपालभ्युज

खप्तड गोल्डकप सुरु : पहिलो खेलमा बागमतीले एपीएफलाई हरायो

धनगढी । खप्तड गोल्डकप फुटबल प्रतियोगिता आज सुरु भएको छ । धनगढी रंगशालामा भएको पहिलो खेलमा बागमती युवा क्लबले एपीएफलाई १-० गोल अन्तरले हराएको छ ।

चौथो मिनेटमा अनिल राना मगरले गरेको गोल नै निर्णायक बनेको थियो । यो जितसँगै बागमती क्वाटरफाइनलमा पुगेको छ ।

प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश सरकारले प्रवर्द्धन गरेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले समग्र विकासमा खेल क्षेत्रले योगदान दिने बताए । प्रतियोगिताका लागि प्रदेश सरकारले ८० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका ६, दुई विदेशी तथा मोफसल र आयोजक क्लब गरी १० टोलीको सहभागिता छ । प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved