संसारकै महंगा ७ रक्सी, बोतलको २० लाखदेखि २० करोडसम्म

नेपालभ्युज

संसारकै महंगा ७ रक्सी, बोतलको २० लाखदेखि २० करोडसम्म

एजेन्सी । यदि तपाईं संसारकै सबैभन्दा महंगा रक्सीका बारेमा जान्न इच्छुक हुनुहुन्छ भने यो पढनुहोस ।

हेनरी डुडोगनन

संसारको सबैभन्दा महंगो रक्सीको कुरा गर्दा सबैभन्दा पहिला हेनरी डुडोगननको नाम आउँछ । भनिन्छ यो एक बोतल रक्सीको मूल्य लगभग २० करोड नेपाली रुपैयाँ भन्दा धेरै पर्छ ।

टकीला ले

टकीला ले यस्तो रक्सी हो जसको मूल्य बोतलको १५ करोड भन्दा धेरै पर्ने बताइएको छ । भनिन्छ यो रक्सीको बोतल आधा शुद्ध प्ल्याटिनम तथा आधा शुद्ध सेतो सुनको हुन्छ ।

१०५ ओल्ड माल्ट अफ मास्टर

सन् २०११ मा करीब १०५ वर्ष पूरानो ह्विस्कीको खोजी गरिएको थियो । यसलाई कसले बनायो भन्ने जवाफ छैन तर यसको मूल्य लगभग १३ करोड पर्ने बताइएको छ ।

डालमोर स्कच व्हिस्की

तपाईंलाई थाहा छैन होला डालमोर स्कच व्हिस्कीलाई लिक्विड गोल्डको नामले पनि चिनिन्छ । एक खबरअनुसार यो बोतल राख्ने डब्बालाई बनाउन पनि कैयौं घण्टा लाग्ने गर्दछ । यसको मूल्य लगभग २० करोड पर्ने बताइन्छ ।

ट्रिनिटास सिंगल माल्ट व्हिस्की

यो एउटा यस्तो रक्सी हो जो एकदमै थोरै बोतल बनाइएको थियो । व्हिस्कीको दुनियाँमा यो मास्टरपीस मानिन्छ र यसको मूल्य लगभग १६ करोड रहेको छ ।

१९२६ माकालन फाइन

यो पनि संसारको सबैभन्दा महंगो व्हिस्की मध्ये एक हो । भनिन्छ यो व्हिस्कीको स्वाद कुनै तितो मिठाई जस्तो हुन्छ । यसको मूल्य करीब एक करोड बराबर छ ।

हाईल्यान्ड पार्क

शाही तथा तिखो व्हिस्कीको नामबाट प्रसिद्ध हाईल्यान्ड पार्क पनि एउटा चर्चित रक्सी हो । यो रक्सीको मूल्य लगभग २० लाख रुपैयाँ रहेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved