थ्री नेसन्स कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको घोषणा

नेपालभ्युज

थ्री नेसन्स कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको घोषणा

काठमाडौं। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अन्नेसले मंगलबार २३ सदस्सीय टोली घोषणा गरेका हुन् । नेपाल, भुटान र लाओसबीचको प्रतिस्पर्धा बुधबार दशरथ रंगशालामा  सुरू हुनेछ ।

उद्घाटन खेलमा नेपाल र लाओस आमने सामने हुनेछन् । शनिबार भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ । आगामी मंगलबार नेपाल र भुटान भिड्नेछन् । सबै खेल नेपाली समयनुसार बेलुकी ६ बजे सुरू हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल भने चैत १७ गते बेलुकी साढे ५ बजे खेलाइने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। मार्च फिफा विन्डोअन्तर्गत सम्पूर्ण खेल हुन लागेको हो।

नेपाली टोलीमा सातजना नयाँ खेलाडी छन् । गोलकिपर अभिशेक बराल, डिफेण्डरहरु सनिस श्रेष्ठ र पदम भट्टराई, मिडफिल्ड मणिकुमार लामा र नवीन लामा तथा फरर्वार्ड सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपल्ट टिममा परेका हुन् ।

नेपाली टोली

गोलकिपरः किरण कुमार लिम्बु (पञ्जाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), अभिषेक बराल (रोयल ब्लू सातदोबाटो युथ क्लब)

डिफेन्डरः सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), विकास खवास (त्रिभुवन आर्मी फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), पदम भट्टराई (एफसी खुमलटार), आदित्य चौधरी (जावलाखेल युथ क्लब), निशान्त खड्का (संकटा क्लब)।

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), रोहित चन्द (पर्सिक केदिरी), कमल थापा (मनाङ मस्र्याङ्दी क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), भरत खवास (त्रिभुवन आर्मी फुटबल क्लब)

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपक सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), सुमित श्रेष्ठ (मनाङ मस्र्याङ्दी क्लब) मनिष डाँगी (संकटा क्लब)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved