प्रेमीसँगको तस्वीर राख्दै एलिना चौहानले भनिन् – तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ

नेपालभ्युज

प्रेमीसँगको तस्वीर राख्दै एलिना चौहानले भनिन् – तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ

काठमाडौं। प्रेम जीवनका कारण पनि थप चर्चामा रहेकी गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटाको फोटो शेयर गरेकी छिन्।

अस्ट्रेलियाको साङ्गीतिक भ्रमण सकेर केही दिनअघि मात्रै फर्किएकी एलिनाले त्यहाँ रहँदा विष्णुसँग लगातार टिकटक भिडियोहरू पोस्ट गर्ने गरेकी थिइन्।

अब भने एलिना आफ्नो प्रेम जीवन गुपचुप राख्ने मनस्थितिमा नरहेको देखिन्छ। उनले इष्टाग्राममा विष्णुसँगको तस्वीर राख्दै प्रेमिल शब्दहरू कोरेकी छिन्।

उनले लेखेकी छिन्, –‘‘तिमीलाई सोचेर मेरा बिपनाहरू बित्छन्। तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ । तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु।’’ एलिनाको उक्त पोस्टमा धेरैले बधाई दिएका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु कार्यक्रम आयोजक समेत हुन्। निकटस्थका अनुसार एलिना र विष्णुको सम्बन्धबारे दुवैको परिवारलाई जानकारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved